पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका

1

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टबाट उनीहरुलाई पाटन ल्याइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। परिसरका प्रमुख टेकप्रसाद राइका अनुसार  एक जना ८१ वर्षका वृद्धसहित  ५६ र ५८ वर्षकाहरु अस्पताल भर्ना भएका हुन्। उनीहरु गत चैत्र ५ गते नेपाल आएका थिए।
उनिहरुलाइ कागेश्वरी मनोहरा नगरपालिका ले संचालन गरेको मुलपानी नगर अस्पतालमा क्वारेन्टाइन मा राखिएको थियो । क्वारेन्टाइन मा राखिएका ३६ जानाको र्यापिड टेस्ट गरिएकोमा ३ जानाको भने पोजेटिभ आएको हो । तिनै जानालाइ पाटन हस्पिटल पठाइएको कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्ण हरि थापा ले जानकारी दिनुभयो ।