सनसिटीमा बस्ने सबैमा कोरोना संक्रमण परीक्षण गरिने

1

२ वैशाख, काठमाडौं

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी गरिन थालेको छ।

सनसिटी अपार्टमेन्टमा बस्ने करिब ५ सय परिवारको पनि कोरोना परीक्षण गरिने भएको छ। ‘उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको छ,’ मन्त्रालयले भनेको छ।

अपार्टमेन्टमा बसोबास गर्नेमध्ये ८१ वर्षीया वृद्धा र ५८ वर्षीय पुरूषमा कोरोनाभाइरस पुष्टि भएको थियो। उनीहरूको पाटनस्थित अस्पतालमा उपचार जारी छ।

त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले सोमबार फेसबुकमार्फत जानकारी दिएको छ ।