सनसिटि अपार्टमेन्ट मा कोरोना आशंका गरिएका तिनै जनामा कोरोना पुष्टि

2

काठमाडौं

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीनै जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । याेसँगै नेपालमा संक्रमितको संख्या १७ पुगेकाे छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । सनसिटीमा पाँचवटा विल्डिङ छन् ।

अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । उनीहरुको र्‍यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।

यसका साथै नेपालमा कोरोना संक्रमित को संख्या १७ पुगेको छ , जसमध्य १ जाना निको भएका छन् भने अरुको उपचार भै रहेको जनाइएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको पाइएको छ ।

अहिले सनसिटि अपार्ट्मेन्ट मा शीलबन्धी गरिएको छ भने वर पर को सुरक्षा कडा पारिएको छ।