पकेटमा बोक्न मिल्ने कम्प्युटर नेपाल भित्रियो

50

पोखरा – टुकी ब्राण्डको पेनड्राइभ आकारको कम्प्युटर नेपाल भित्रिएको छ । टुकी कोरियन कम्पनी हो । सिफ्ट टेक्नोलोजीले टुकीलाई नेपाल भित्र्याएको हो ।

नेपाल भित्रिएको टुकी ब्राण्डलाई देशका मुख्य शहरमा आधिकारिक विक्रेतामार्फत विक्री शुरू गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक नवीनकुमार श्रेष्ठले जानकारी दिए । साह्रै सानो कम्म्प्युटर भएकाले पकेटमै राखेर हिँड्न मिल्ने निकै उपयोगी रहेको पनि उनले जनाए ।

कम्प्युटरलाई सीधैं मोनिटर, टीभी, प्रोजेक्टरमा जोड्न मिल्ने, सानो भए पनि साधारण कम्प्युटरले जस्तै काम गर्ने, थोरै बिजुलीबाट चल्ने तथा सजिलै बोकेर हिँड्न सकिने भएकाले टुकी कम्प्युटर बढी उपयोगी रहेको श्रेष्ठको दावी छ ।

साभार