खुसीको खबर : टेलिकमको प्रिपेड माेबाइलमा ‘ब्यालेन्स सापटी’ सेवा

51

काठमाडौँ- नेपाल टेलिकमले जिएमएस प्रिपेड मोबाइल ग्राहकलाई ब्यालेन्स सकिँदा सापटी दिने सेवा आरम्भ गरेको छ।
टेलिकमले १४ औं वाषिकोत्सव अवसरमा ‘नमस्ते क्रेडिट’ नाम दिएर यो सेवा सुरु गरेको हो।

टेलिकमका वार्षिकोत्सवमा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यो सेवाको सुरुवात गरेका छन्।यो सेवामार्फत् प्रिपेड ग्राहकले फोन गर्दागर्दै पैसा सकिएमा पुनः रिचार्ज नगरी नै कुराकानीलाई निरन्तरता दिन सक्छन्। ग्राहकले पैसा सकिएपछि कुरा गरेको समय बराबरको रकम पछि रिचार्ज गर्दा काटिनेछ।

वार्षिकोत्सव अवसरमा ‘सफ्ट लञ्च’ गरिएको यो सेवाको एक महिनाभित्र पूर्ण कान्यन्वयन हुने बताइएको छ। सापटी सेवा कति रकमसम्मको तोक्ने भन्ने निश्चित हुन बाँकी छ।

प्रतिस्पर्धी कम्पनी एनसेलले यस अघिदेखि नै यस्तो सापटी सेवा सञ्चालन गर्दै आएको छ।

नयाँ कान्तिपुर