अन्तत: सरकारले तोक्यो प्रदेश प्रमुख र प्रदेश राजधानी – कुन प्रदेशमा को ?

57

सरकारले सातै वटा प्रदेशको अस्थायी राजधानी तथा प्रदेश प्रमुखहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशको अस्थायी मुकाम तोकेको हो ।

जसअनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी केन्द्र तोकिएको छ । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा प्रमुख नियुक्तिका लागि नाम सिफारिस पनि गरेको छ ।

यी हुन् प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुखहरु

सरकारले सातै वटा प्रदेशको अस्थायी राजधानी तथा प्रदेश प्रमुखहरु तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशको अस्थायी मुकाम तोकेको हो । जसअनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी केन्द्र तोकिएको छ । मन्त्रिपरिषद् बैठकले सातै प्रदेशमा प्रमुख नियुक्तिका लागि नाम सिफारिस पनि गरेको छ ।

सरकारले

१ नम्बर प्रदेशमा प्राध्यापक गोविन्द सुब्बा,

२ नम्बर प्रदेशमा रत्नेश्वर कायस्थ

३ नम्बर प्रदेशमा अनुराधा कोइराला,

४ नम्बर प्रदेशमा बाबुराम कुँवरको ,

५ नम्बर प्रदेशमा उमाकान्त झा,

६ नम्बर प्रदेशमा दुर्गाकेशरी खनाल र

७ नम्बर प्रदेशमा मोहनराज मल्लको नाम सिफारिस गरिएको छ । प्रदेश प्रमुखको नियुक्ति केन्द्रीय सरकारको नेतृत्वमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।