यसकारण डोटीमा कांग्रेस सबै पदाधिकारीले दिए सामूहिक राजीनामा

49

प्रदेशको अस्थायी राजधानी धनगढी बनाएको विरोधमा नेपाली कांग्रेस डोटीको सबै पदाधिकारीले राजीनामा दिएका छन् ।सबै हिसावले डोटी राजधानी बन्न उपयुक्त भए पनि सरकारले धनगढीलाई राजधानी भएको भन्दै सिंगो जिल्ला कार्यसमितीले राजीनामा दिएको हो ।

यस्तै लगातारको बन्दका कारण डोटीको जनजीवन प्रभावित भएको छ । बुधबार बेलुका ५ बजेबाट बन्द खुल्ने भनिएपछि तराईबाट पहाड र पहाडबाट तराइका लागि छुटेका ५१ वटा गाडी डोटीमा रोकिएका छन् । ती गाडीमा रहेका सयौं यात्रु अलपत्र परेका छन् ।

नयाँ कान्तिपुर