दुध बारम्बार उमाल्नुहुन्छ ? सावधान हुनुस !!

32

दुधबाट पोषण प्राप्त गर्नको लागि हामी दुधलाई उमालेर पिउने गर्छौ तर हालै गरिएको एक अनुसन्धानले यो कुरा पत्ता लगाएको छ कि बारम्बार दुध उमाल्नाले दुधमा भएको पोषक तत्व नष्ट हुन सक्छ ।यस्तो गर्नाले सम्भवत तपाईले दुधबाट ती जरुरी पोषक तत्वहरु पाउनसक्नुहुन्न जसको लागि तपाई दुध पिउनुहुन्छ ।

पोषणको यो नोक्सानबाट बच्नको लागि तपाईले बारम्बार दुध नउमाल्नुहोस । यसको साथै दुध उमाल्दा ३ मिनेट भन्दा समय दुध नउमाल्नुहोस । जबसम्म तपाई दुध तताँउदै हुनुहुन्छ त्यतिखेर कुनै डाडु वा चम्चाले त्यसलाई चलाइरहनुहोस ।

यस अनुसन्धान अनुसार १७ प्रतिशत महिलाहरुलाई बारम्बार दुध उमाल्नाले यसको पोषक तत्व नष्ट हुन्छ भन्ने कुरा थाहा थिएन । त्यस्तै ५९ प्रतिशत महिलाहरुलाई लाग्यो कि दुध बारम्बार वा धेरै बेर सम्म उमालेमा यसको पोषक तत्वमा वृद्धि हुन्छ र २४ प्रतिशत महिलालाई लाग्यो कि दुध उमाल्नाले केही पनि फरक पर्दैन ।

त्यसैले अबदेखी दुधलाई एकपटक मात्रै उमालेर आफ्नो बच्चालाई दुधको पुरै पोषण प्राप्त गर्न दिनुहोस । एकपटक मात्रै दुध उमालेर पिउनाले तपाईको स्वास्थ पनि पहिले भन्दा धेरै राम्रो हुन्छ ।

नयाँ कान्तिपुर