बझाङमा गाडी पार्किङ गर्ने क्रममा गाडीले किचेर एकको मृत्यु

121
माघ २२, बझाङ ।

बझाङको सुर्मा गाउपालीका बडा नँ २ मिमडुङ्गामा एक जनाको मृत्यु भएको छ ।से १ ज ९०९ नँम्वरको गाडि पार्किङ् गर्ने क्रममा पछाडिको चक्काले किचेर मृत्यु भएको निमित्त प्रहरी प्रमुख माधव बिस्वकर्माले बताउनु भएको छ ।

मृत्यु हुनेमा  सुर्मा गाउपालीकका  बडा नँ २ का धौल्या बोहराका छोरा बर्ष ११ का किरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गाडि चालकलाई हिजो राति १ बजे नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीले बझाङले जनाएको छ ।