बझाङको हिमाली भेग सुर्मा सरोबर नजिक तपवनमा रहेको यो घर प्रचलित हुँदै !

66

बझाङको हिमाली भेग सुर्मा सरोबर नजिक तपवनमा रहेको यो घर

बझाङको अति बिकट ठाउँ  सुर्मा सरोबर भन्ने ठाउमा रहेको यो घर तपवन भनेर चिनिने ठाउमा अवस्थित छ । यारचागुम्बु को हिसाबले धनी यो बझाङ जिल्ला हिमाली भेग मा यो घर अवस्थित छ । यारचागुम्बु सन्कलन गर्न जाने क्रममा त्यही सुर्माका बासिन्दा ले आफुलाई बस्न भनेर यो घर लगएका थिए ।

प्रत्यक बर्ष बैशख जेठ अनि असार तीन महिना सम्म चल्ने यारचागुम्बु सिजन का लागी खास गरी सुर्मा अनि बझाङ बासी को घुइचो लाग्ने गर्दछ जसमा धेरै जसो त्यहाँ बस्नका लागी सबैले तृपाल बोकेर जाने गर्दछन र सोही तृपाल को आड्ले नै त्यहाँका मान्छे हरु तीन महिना काट्न बाध्य हुन्छन । अनि त्यो तीन महिना को सिजन काटेर मान्छे हरु आफ्नो आफ्नो घर फर्किने गर्दछन ।

त्यसै यार्चागुम्बु टिप्न जाने क्रममा त्यही सुर्मा सरोबर को तपवन भनेर चिनिने ठाउमा एक व्यक्तिले सोही यार्चागुम्बु सिजन को लागी भनेर आफुलाई बस्नको लागी धेरै मेहेनत गरेर आफुलाई बस्नको लागी सानो घर निर्माण गरेका छन जुन एकदमै चकित लाग्ने कार्य छ ।
प्रत्यक बर्षा यार्चागुम्बु टिप्न जादा सबैले तृपाल नै बोकेर जानु पर्ने भएको हुनाले यो घर निर्माण गरिएको छ । जुन घर ढुङा काठ अनि माटोले मात्रै बनेको छ । यो घर बनेको ३ बर्ष हुँदा पनि अहिले सम्म केहि भएको छैन जसमा अहिले पनि यार्चागुम्बु तिप्न जाने क्रममा सोही घर मा बस्ने गरेका छन ।

नरेश पुजारा बझाङ