आफ्नै गर्लफ्रेण्डसँग सौगातको भिडन्त

42

काठमाडौं-नेपाली सिने बजार विभिन्न गसिपका कारण सधै चर्चामा रहन्छ । कतिपय चर्चा सत्यमा परिणत हुन्छन् भने केही गसिपमा मात्र सीमित हुन्छन् । यस्तै भएको छ यतिबेला । यस वर्षको फागुन ११ गते निकै रोचक भिडन्त हुँदैछ ।

रियल लाइफमै प्रेममा रहेका जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठका २ फरक फरक फिल्म यही दिन एकैपटक रिलिज हुँदैछन् । यस्तो घटना नेपाली चलचित्र क्षेत्रमा कमै मात्र देख्न पाइन्छ । अहिले सौगात र सृष्टिको रोचक भिडन्त हुने पक्का भएको छ ।

सौगातले अरु धेरैसँग चलचित्र जुधाएपनि पहिलो पटक आफ्नै प्रेमिकासँग चलचित्र जुधाउँदै छन् । केहीदिन अगाडि ‘पञ्चेबाजा’ र ‘रोमियो एण्ड मुना’को गीत पनि एकैदिन सार्वजनिक गरिएको थियो । के सौगातले र सृष्टिले कस्को स्टाडम धेरै छ भनेर जोख्न एक साथ चलचित्र प्रदर्शन गर्दै त छैनन् ? संयोगमात्र थियो वा सौगात र सृष्टिको लडाइँ रचिएको नै थियो त्यो समयक्रमसँगै सबै खुल्दै जाला तर यतिबेला प्रेमीप्रेमिकाको भिडन्तको खबरले दर्शकमा समेत खुलदुली बढ्दै गएको छ ।

यस बर्ष सौगातका चलचित्र महिना पनि नसकिदै हलमा लाग्दैछन् तर सृष्टिको भने झन्डै डेढ बर्ष पछिको आगमन हो । अब चलचित्र चलेपछि कस्को चलचित्र कोमाथि भारी होला भन्ने चाहि चलचित्र रिलिज पश्चात नै थाहा होला ।