अर्शी खानका पिताले छोरीको दराज हेर्दा भेटे यस्तो चीज, डरले रातभर गइनन् घर (बिग बोस ११)

51

मुम्बई-बिगबोस सिजन ११ मा चर्चामा रहेकी भोपालकी मोडल अर्शी खान फेरि विवादमा तानिएकी छिन् । सधैंजसो कुनै न कुनै विवादमा फसिरहने अर्शीविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी गरिएको थियो । हालै भोजपुरी फिल्मकी अभिनेत्री महिमा पुरीले उनको अर्को रहस्य खोलेकी छिन् जसका कारण उनी रातभर घर जान सकिनन् ।

बिगबोसको एक भिडियोमा अर्शी खानले विकास गुप्तालाई एउटा घटनाबारे बताएकी छिन् । उनले भनेकी छिन् ‘एकपटक मेरो पापा मेरो मुम्बइको घरमा आउनुभएको थियो । म काममा गएकी थिएँ । उहाँले मेरो दराज खोलेर त्यहाँ सामानहरु मिलाउन थाल्नुभयो । त्यही बेला उहाँले मेरो दराजमा एउटा प्याकेट भेट्नुभयो । त्यसपछि उहाँले तुरुन्तै आमालाई फोन गर्नुभयो र निकै रिसाउनुभयो । लगत्तै आमाले मलाई फोन गरेर यो सब के हो भनेर गाली गर्नुभयो । त्यो दिन रातभर म घर गइन र साथीकहाँ बसें ।’ अर्शीले अगाडि भनेकी छिन् ‘भोलिपल्ट मैले साथीलाई सँगै घर लिएर गएँ । अनि बाबालाई त्यो प्याकेट साथीको भएको बताएँ ।’