६ वर्षका एक बालकको आम्दनी १०० करोड भन्दा बढी

35

काठमाडौं –  ६ वर्षको  बालकले कसरी यती धेरै पैसा कमाउन सक्छ ? सबैलाई अचम्म लाग्न सक्छ तर यो सत्य हो । मात्र ६ वर्षक रिहान युट्युव बाटै करोडौं रुपैया कमाउन सफल भइसकेका छन् ।
उनले अघिल्लो वर्ष ११ मिलियन डलर कमाएका थिए जसको नेपाली मुद्रामा एकसय करोड रुपैयाँ भन्दा बढी हुन जान्छ ।
उनी हरेक हप्ता अफ्नो युट्युव च्यानल रियान ट्वाइज रिभ्युमा भडियो राख्छन र त्यसलाई करोडौं मान्छेले हेर्छन जसबाट उनका बुवा आमाले राम्रो पैसा कमाउछन् ।
अमेरिकाको फोब्र्स म्यागजिनले उनलाई विश्वकै सबैभन्दा बढि भुक्तानी पाउने व्यक्तिको सूचीमा राखेको छ । मार्च २०१५ मा सुरु भएको उनको भिडियोलाई अहिलेसम्म १६ अर्ब भन्दा बढि मान्छेले हेरिसकेका छन् ।
यति चर्चित हुनसम्म पनि उनको बारेमा दुनियाँलाई त्यती जानकारी छैन । उनको पुरा नाम के हो, उनी कहाँ बस्छन् बारेमा कमैलाई मात्र थाहा छ । तर यति भने थाहा छ कि उनी अमेरिकी हुन् ।


हालसालै वासिडटन पोष्टलाई दिएको एउटा अन्तर्वामा रेयानकी आमाले युट्युव च्यानलको सोच जब रेयन ३ वर्षको थियो तब आएको बताएकी छन् । रेयान बच्चै देखि खेलौनासंग खुबै खेल्थे र खेलौनाको रिभ्यू गर्ने सम्बन्धी टि भी कार्यक्रम पनि घोरिएर हेर्ने गर्थे ।
रेयानकी आमाले आफ्नो परिचय नखुलाउने शर्तमा भनेकी छन , एक दिन रियानले आफुपनि अरु केटाकेटी जस्तो युट्युवमा किन देखिदैन भनेर सोध्यो । अनि हामिले पनि उसले पनि युट्युवमा आउन सक्छ भन्ने सोचेर खेलौनाको पसलमा गयौं, एउटा खेलौना ट्रेन किन्यौँ र त्यहिबाटै सुरु गर्यौँ ।
रेयानको एउटा भिडियो ८० करोड भन्दा बढि मान्छेले हेरिएको छ  । मार्च २०१५ मा सुरु भएको उक्त युट्युव च्यानल ले एक वर्षको अवधीमा नै १० लाख भन्दा बढि सब्सक्राइबर पाइसकेको थियो । अचेल रेयानको यस च्यनेलको एक सय करोड भन्दा बढी सब्सक्राइबर रहेका छन् ।

साभार