थुप्रै अवार्ड जितेका तर सय करोड कमाउने फिल्म दिन नसकेको यी बलिउड स्टार

44

बलिउडमा प्रतिभावान कालाकारहरूको कमी छैन । जसले मिहेनत गरेका छन् र नाम र दाम दुबै कमाएका छन् ।
बलिउडमा कलाकारको सफलता र असफलता बक्स अफिसमा चलचित्रले गरेको व्यवसायसँग तुलना गर्ने गरिन्छ ।

बलिउडमा यस्ता कयौँ हिट कलाकार छन् । जसले अभिनयबाट थुपै्र अवार्ड पाएका छन् । तर उनीहरुको चलचित्रले बक्स अफिसमा १०० करोडको रेकर्ड बनाउन सकेका छैन ।

शाहिद कपुर 

१५ वर्षको अभिनय करियरमा शाहिदले ८ पटक उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । तर उनका चलचित्रले अहिलेसम्म १०० करोड ब्यवसाय गर्न सकेको छैन । अहिले पर्दशन भइरहेको‘पद्मावत’ उनको पहिलो १०० कमाउने फिल्म भएको छ ।

अमिताभ बच्चन 

बलिउडका महानायक अमिताभ बच्चन जस्तो अर्को सुपरस्टार बलिउडमा छैन । उनका कुनैपनि फिल्मले अहिलेसम्म १ सय कमाउन सकेका छैनन् ।

बिद्या वालन 

बलिउडकी चल्तीकी नायिका बिद्या बालनले थुप्रै अवार्ड जितेकी छन् । तर उनका चलचित्र १०० करोड क्लबमा प्रवेश गरेका छैनन् ।

आयुष्मान खुराना

आयुष्मानका सबै चलचित्र दर्शकले रूचाउने गरेका छन् । उनका कुनै पनि चलचित्रले अहिलेसम्म १ सय करोड पार गरेको छैन ।

इरफान खान 


बलिउडका चर्चित अभिनेता हुन् इरफान । तर अहिलेसम्म उनको चलचित्र बक्स अफिसमा १०० करोडको रेकर्ड बनाउन असफल छन् ।

सन्नी देओल


गदर जस्तो हिट चलचित्रका अभिनेता हुन् सन्नी देओल । उनले थुप्रै हिट फिल्म दिएपनि कुनैपनि फिल्मले बक्स अफिसमा १ सय करोडको रेकर्ड बनाएको छैन ।