Home लेख / रचना खै के सुनाउ तिमीलाई !

खै के सुनाउ तिमीलाई !

6

खै के सुनाउ तिमीलाई
ती समाजमा बसेर समाजबाट बलात्कृत भएकी महिला का पिडा सुनाउ
कि ती प्रेमका बाटोमा हिडदा हिड्दै जीवन गुमाएका ती प्रेमी का पिडा सुनाउ।।

खै के सुनाउ तिमीलाई
ती छोरीको न्यायका लागि लडिरहेका बाबुआमाका पिडा सुनाउ
कि ती आफ्नो छोरा गुमाई जीवनका साहारा खोजीरहेका बाबुआमाको पिडा सुनाउ।।

खै के सुनाउ तिमीलाई
ती न्याय नपाएर न्यायकालागि भौतारीरहेका पीडकहरुका पीडा सुनाउ
कि ती मानव समाजमा बसेर पनि मानवता खोजीरहेकाहरुको पिडा सुनाउ।।

खै के सुनाउ तिमीलाई
ती मानवताको खोल ओडी पशुसरा बेबहार गर्ने नरपीचासहरुको कर्तुत सुनाउ
कि ती मानबता हराउँदै बिनासको आगोमा हाम्फाल्दै गरेको मानबसमाजको पीडा सुनाउ।।
खै के सुनाउ तिमीलाई म निःशब्द छु….

निराजन खड्का
बिदुर नगरपालिका – १३ नुवाकोट

%d bloggers like this: